Logo

प्राइम बैंकले अर्बमाथि नाफा कमायो



काठमाडौं, २१ वैशाख । दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले तेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो विवरण बैंकले गतसाता प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा लेखिएको हो ।

बैंकले चालु आवको चैत मसान्तसम्म कमाएको खुद नाफा गत आवको सोही अवधिको तुलनामा करिब ४८ करोड २७ लाख ७० हजार रुपैयाँ बढी हो। गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले यस आवको तेस्रो त्रैमास (माघदेखि चैतमसान्तसम्म) मा मात्रै ७२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही तीन महिनामा बैंकले ४८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो ।

सो अवधिसम्ममा बैंकले ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७३ करोड ९३ लाख २७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६९ करोड ७० लाख ५० हजार रुपैयाँले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्