Logo

सनराइज बैंकद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं, २१ वैशाख । सनराइज बैंक लिमिटेडले मध्यपुर अस्पताल, ठिमी र मेमोरियल अस्पताल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले १२ थान प्रति अस्पताल पीपीई र दुई हजार पाँच माक्स मसाथै दुई हजार पाँच सय मास्क मध्यपुर अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर अस्पतालका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र मेमोरियल अस्पतालका डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गरेका हुन् । अहिलेसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा पाँच सय ५० वटा पीपीई सेट प्रदान प्रदान गरिसकेको बैकद्वारा जारी विज्ञप्तमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्