Logo

कुटपिट गर्ने पक्राउ



रामेछाप, २१ वैशाख । कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालाई शनिबार दिउँसो पक्राउ परेका छन् । दोरम्बा गाउँपालिका रातोमाटाका पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु रोशन श्रेष्ठ, लोक बहादुर श्रेष्ठ र तुकलाल श्रेष्ठले रहेका छन् । सामान्य विवादको कारण मादक पदार्थ सेवन गरी छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टोकरपुर र प्रहरी चौकी दोरम्बाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइतेलाई स्वास्थ्य चौकी दोरम्बा हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot