Logo

अवैध वन्यजन्तु खरिद बिक्रीमा संलग्न पक्राउ



सोलुखुम्बु, २१ वैशाख । वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जना शनिबार बिहान पक्राउ परेका छन् । वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका चंकीदहका रमेश राई र संखुवासभाका बिष्णु राई रहेका छन् ।

करिब ४ वर्ष पहिले १ थान वन्यजन्तु कस्तुरीको बिना ५० हजार रुपैयाँमा खरिद गरी ७० हजार रुपैयाँमा बिक्री गरेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्