Logo

कोरोना रोकथामका लागि बन्दिपुर गाउँपालिकालाई तनहुँ कांग्रेसको एक लाख ५४ हजार सहयोग



वैशाख २१, काठमाण्डौ । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमिति र बन्दिपुर गाउँपालिकाको कांग्रेस समितिले बन्दिपुर गाउँपालिकालाई रु. १,५४८५० (एक लाख चउन्न हजार अठ सय पचास ) रुपैयाँ प्रदान गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको बन्दिपुर गाउँपालिका कोरोना राहत कोषमा उक्त रकम प्रदान गरिएको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

गुरुङको नेतृत्वमा कांग्रेस बन्दिपुर गाउँपालिकाका अध्यक्ष कर्ण खत्री, सचिव बैँश गुरुङ, तनहुँ कांग्रेसका आमन्त्रित सदस्य सुरेश भट्टराई, जिल्लाका कांग्रेस नेता गोपाल अधिकारीलगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कोरोनाको रोकथाम गर्नु सबैको जिम्मेवारी भएकाले आफूहरूको तर्फबाट पनि योगदान गरिएको कोषाध्यक्ष गुरुङले बताए । सहयोग रकम गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङको समेत उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले अप्ठेरो परेको बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताए ।

उक्त कोषमा नेकपाले कोतर्फबाट रु १ लाख ५१ हजार रुपैया प्रदान गरेको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिए । अध्यक्ष थापाले राहत प्रदान गर्ने नेपाली कांग्रेस र नेकपालाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्