काठमाडौं, २१ बैशाख । सानिमा बैंक लिमिटेड र दराज प्रा.लि.विच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।
सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्पmत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना भोली मिति २०७७÷०१÷२२ गते देखि लागु हुनेछ ।
उक्त सम्झौतामा सानिमा बैंकका तर्पmबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्पmबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्गप्रति आकर्षित हुने विश्वास राखिएको छ । बैंकद्धारा जारी गरिएको विज्ञप्तीअनुसार यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सकिनेछ ।
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली÷टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे जनाएको छ ।