Logo

चिनी खरिदको स्वीकृति माग्दै साल्ट ट्रेडिङ



काठमाडौँ, २२ वैशाख । साल्ट ट्रेडिङ कपोरेसनले ५० हजार मेक्ट्रिकटन चिनी खरिदको स्वीकृतिका लागि सरकारसँग माग गरेको छ । कर्पोेरेसनसँग भएको मौज्दात चिनी सकिन लागेपछि साल्ट ट्रेडिङले चिनी खरिदको स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको हो ।

कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले बन्दाबन्दीमा साल्ट ट्रेडिङसँग चिनी तीन हजार सात सय टन मात्रै मौज्दात रहेकाले खरिदको स्वीकृतिका लागि एक महिनाअघि मन्त्रालयसमक्ष निवेदन पेस गरेको जानकारी दिएका छन् । हाल साल्ट ट्रेडिङसँग रहेको चिनीको मौज्दातले अबको एक महिना धान्न कठिन पर्ने पनि उनले जानकारी दिएका छन् । उपमहानिर्देशक राजभण्डारीले बन्दाबन्दी ९लकडाउन० को अवधिमा साल्ट ट्रेडिङसँग भएको चिनी साल्ट ट्रेडिङका बिक्री केन्द्र, तीनवटा मोबाइल भ्यान र स्थानीय तहले बाड्ने राहतमा मेक्सिमम चिनी भएको बताएका छन् ।

चिनी समयमा खरिद नगरे एक/दुई महिनापछि बजारमा महँगो हुन सक्छ त्यसैले बजार भाउ नियन्त्रण गर्न पनि छिटो खरिद गर्नुपर्छ, मन्त्रालयबाट स्वीकृत आउने वित्तिकै खरिद प्रक्रिया सुरु गर्छौं उनले थपे । मन्त्रालयले आवश्यकता र मागलाई ध्यानमा राखेर चिनी खरिदका लागि साल्ट ट्रेडिङलाई छिटै स्वीकृत दिने तयारी गरेको जनाएको छ । साल्ट ट्रेडिङका अनुसार यस कम्पनीसँग हाल एक लाख तीन हजार मेट्रिक टन नून मौज्दात रहेको छ भने ४५ हजार मेट्रिक टन नून यही साता आइपुग्ने क्रममा छ । साल्ट ट्रेडिङसँग रहेको यो परिमाणको नूनले झन्डै एक वर्षको माग धान्ने अनुमान गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्