एजेन्सी, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२० को अन्तसम्म आइसक्नेमा विश्वस्त भएका छन् । उनले सन् २०२१ नआउँदै भ्याक्सिन आइसक्नेमा आफू निकै विश्वस्त भएको बताएका हुन् ।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामी यसै वर्षको अन्तसम्ममा भ्याक्सिन आउनेमा निकै विश्वस्त छौं ।’ उनले यसका लागि काम भइरहेकोमा खुशी पनि व्यक्त गरे ।
सँसारभरका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको दोडमा रहँदा ट्रम्पको भनाई आएको हो । अमेरिका पनि यो दौडमा छ ।
विश्वका कतिपय देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण गरिसकेका छन् । कतिपयले जनावरमा परीक्षण गरिरहेका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्यु र संक्रमित अमेरिकामा रहेको अवस्थामा ट्रम्पको भनाई सार्वजनिक भएको हो ।-File Photo