Logo

दिवेश पुगे अमेरिकन आइडलको टप १० मा



काठमाडौ, बैशाख २२ । ‘अर्थर गन’ ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन । आइतबार जोन डेनभरक ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन।

टप १० मा उभिन पाउनु र आफ्नो आवाज सबैसम्म पुर्याउन पाउनु सपना बाहिरको कुरा रहेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन ।दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot