Logo

वारेन वफेटको कम्पनी वर्कशायरले आफ्ना सबै विमान कम्पनीको शेयर धमाधम बेच्दै



२२ वैशाख : वारेन वफेटको कम्पनी वर्कशायर हाथवेले सबै विमान कम्पनीहरूको शेयर बेचेको जनाएको छ।

बफेट वर्कशायर हाथवेका अध्यक्ष हुन्। वफेटका अभिव्यक्तिलाई संसारभरिका लगानीकर्ताले गम्भीरता पूर्वक लिन्छन्। उनले दिएको अभिव्यक्तिकै सङ्केतको आधारमा लगानी गर्ने या नगर्ने सम्मको निर्णय लगानीकर्ताहरूले गर्ने गरेको पाइन्छ। तर उनको कम्पनीलाई पहिलो त्रैमासमा ५० अर्ब बढीको नोक्सान भइसकेको छ।

वफेटको यो भनाइले अमेरिकी विमान उद्योगका लागि खतराको सङ्केत भएको बताइएको छ। कोरोना भाइरसका कारण यो उद्योग डामाडोल हुने स्थितिमा पुगेको छ। वफेट वर्कशायर हाथवेका अध्यक्ष हुन्। उनको निर्णयलाई धरै लगानीकर्ताले अनुसरण गर्ने गर्छन्। उनको कम्पनीलाई पहिलो त्रैमासमा ५० अर्ब डलर बराबरको घटा भएको छ।

‘विमान कम्पनीकालागि अब संसार बदली सकेको छ’वर्कशायर हाथवेको वार्षिक साधारण सभामा वफेटले भने। अब बदलिँदो परिस्थिति अनुसार विमान कम्पनीहरू तीव्र रूपमा त्यतै तर्फ ढल्किने वफेटको भनाइ छ। शेयर धनीहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने’ मलाई यस्तो लगिरहेको छ, यी कम्पनीहरूको बारेमा सोचेका कुरा सबै गलत थिए’।

वर्कशायर हाथवेसँग २०१९ डिसेम्बर सम्ममा युनाइटेड एयरलाइन्स, अमेरीकन एयरलाइन्स, साउथ वेस्ट एयरलाइन्स र डेल्टा एयरलाइन्सका ४ अर्ब डलर भन्दा बढीको शेयर रहेको थियो। ती सबै कम्पनीहरूको शेयर यो वर्ष असाध्यै धेरै घटेको थियो। युनाइटेड एयरलाइन्स को शेयर ६९.७ प्रतिशत, अमेरीकन एयरलाइन्सको शेयर ६९.९ प्रतिशत, साउथ वेस्ट एयरलाइन्स ४५.८ प्रतिशत र डेल्टा एयरलाइन्सको शेयर ५८.७ प्रतिशत घटेको थियो। मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्