Logo

लकडाउन नखुली नेपालीलाई भारतबाट लान सकिदैन- निलाम्बर आचार्य, भारतका लागि राजदुत



काठमाडौं, २२ वैशाख । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यसँग लामो राजनीतिक अनुभव पनि छ । बौद्धिक पाका आचार्यलाई अनुभवका कारण पनि भारतका लागि राजदुत बनाएर पठाइएको थियो । अहिले कोरोना भाइरसको संक्रमणका कारण भारतमा रहेका नेपालीको हितका लागि उनी सक्रिय छन् । राजदुत आचार्यसँग यही सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
त्यहाँ नेपालीहरुको हालखबर के छ ?
भारतमा धेरै नेपालीहरु छन् । ती भारतभर छरिएर रहेका छन् । यहाँ मजदुर, व्यवसायी, विद्यार्थी, पर्यटकहरुलगायत रहेका छन् । कोही यहीं लामो व्यवसाय गरेर बसेका छन् । अहिलेको महामारीले भारतलगायत संसारमै मानिसहरु पीडित छन् । यो लकडाउनका कारण कतिपय नेपालीहरु नेपाल जान चाहन्छन् । अहिले जान लकडाउनका कारण मिल्दैन । सीमाहरु बन्द गरिएका छन् आवतजावतका लागि । यहाँ रहेका नेपालीहरु केही संक्रमित भएका छन् । केही संक्रमणबाट ठीक भइसकेका छन् । केही उपचारमा छन्, अहिलेको यहाँको स्थिति यही हो ।
त्यहाँ नेपालीहरु भोकभोकै बस्नुपरेको छ कि छैन ?
यहाँ नेपालीहरुलाई धेरै अप्ठ्यारो छ । भोकभोकै बस्नुपर्ने अवस्था छ । कतिपय बाटोघाटोमै पनि अलपत्र परेका छन् भने तिनलाई यहींको सरकारले हेर्छ । उहाँहरुले दुतावासमा पनि खबर गर्नेपर्छ । यहाँबाट पनि सहयोग हुन्छ । त्यसको लागि हाम्रा हेल्प लाइनहरु छन् त्यहाँ भन्नुपर्छ । खानाको पनि बन्दबस्त छ भोकै बस्नुपर्दैन । जथाभावी फोन गरेर दुतावासमा आइपुग्दैन । त्यसकारण यहाँको नम्बरमा फोन गरेर टिपाइदिएपछि हामीले यहाँको सरकारलाई भनेका छौं । उनीहरुले सहयोग गरेका छन्, खाना पु¥याएका छन्, रासन पु¥याएका छन् । राज्यबाट र राज्यका सरकारहरुबाट पनि उत्तिकै सहयोग भइराखेको छ । यसमा हाम्रो सहमति पनि भएको छ, ‘नेपालमा रहेका भारतीयलाई नेपालले हेर्ने हो, भारतमा रहेका नेपालीहरुलाई भारतले हेर्ने’, भनेर । त्यसकारण कसैलाई पनि भोकभोकै बस्नुपर्ने, पलपत्र पर्ने अवस्था आउन दिँदैनौं । उहाँहरुले अन्त भन्ने हाम्रो दूतावासमा सूचना नआउने हुँदा अप्ठ्यारो पर्छ । सूचना आउँदा पनि जताततै हल्ला गरेर आउने होइन । हाम्रो हेल्प लाइनमा अदथवा दुतावासका फोनहरुमा फोन गरेर टिपाइदिनुपर्छ । दुतावासले खानाको व्यवस्था गरिदिन्छ र पुग्यो कि पुगेन भनेर फलोअप पनि गर्छ । खाना दिने सहयोग गर्ने काम भइराखेको छ । अब कतिपय सीमामा छन् । उनीहरुलाई जथाभावी जान दिँदा संक्रमण फैलिन सक्छ त्यसैले त्यहाँ हो, त्यही बस्नुपर्छ । नेपाल जान त चाहन्छन् तर अहिलेको अवस्थामा नेपाल जानपाउने अवस्था छैन । त्यसैले आफू बसेको ठाउँ छोड्नुभएन । सीमामा पुगेपनि नेपाल जान पाउने अवस्था छैन । सीमामा रहेकालाई पनि भारतले नै व्यवस्था गर्ने भनेर समझदारी भइसकेको छ । सीमामा प्रेसर र दबाब भइरहेको छ ।
अहिलेको अवस्थामा भारतमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सक्दैनौं ?
भारतमा रहेका नेपालीहरुलाई त्यतिबेला मात्रै फर्काउन सक्छौं, ‘जब सीमा खुल्छ’ । लकडाउनले सीमा बन्द भएको अवस्थामा भारतमा रहेका नेपालीहरु फर्कन सक्ने अवस्था हुँदैन । जसरी संक्रमण फैलिरहेको छ, त्यसले यात्रा गर्नेहरुलाई पनि खतरा हुनसक्छ । संक्रमण फैलाउने मात्रै होइन । आफै संक्रमित हुन सक्ने डर हुनसक्छ । अहिलेको अवस्थामा भारत सरकार नेपाल सरकारले दिएको नियम र मार्गनिर्देशनको पालना हामीले पनि अरुले पनि गर्नुपर्छ । किन भने यो मानिसहरुकै हितमा गरिएको हो । अहिलेको महामारीबाट कसरी जोगिने भन्ने कदमहरु मध्ये यो पनि एउटा उपाय हो भनेर गरिएको हो ।
पहिला चीनबाट ल्याइयो भारतमा रहेकालाई नेपालीहरुलाई ल्याउन सकिँदैन ?
ल्याउन सकिन्छ । तर, भारतमा नेपालीहरु कति छन् । कति आउन चाहन्छन् । फेरि स्थालमार्गबाट आउँदा कतिको संख्या हुने हो । तिनीहरु कति संक्रमित हुने सम्भावना हुन्छ । अहिले नेपालमा पनि संक्रमणहरु भइराखेको छ । त्यो संक्रमण पनि कसरी भएको छ भन्ने जानकारी छ । त्यसैले संक्रमण फैलाउने बाटोमा सरकार नगएको होला । सरकारले ल्याएको कदमलाई हामीले बुझिदिनुपर्छ । आफैलाई खतरामा पार्ने, आफ्ना आफन्तहरु पनि खतरामा राख्ने र नेपाललाई पनि अप्ठ्यारो पर्ने काम गर्नुहुँदैन ।
नेपाल र भारत सरकारबीच सहमति त भयो तर कार्यान्वयन भएको छैन रे, बिचल्लीमा परेका छन् रे नेपालीहरु ?
मूम्बई, गुजरात, दिल्लीलगायत प्रत्येक शहरमा हामीले भन्ने गरेका छौं । यहाँको त्यहाँका सरकारबाट आश्वासन पनि पाएका छौं । समस्या परेकाहरुले दूतावासमा सम्पर्क राख्नुपर्छ । जथाभावी भनेर हुँदैन, त्यसको लागि हाम्रा हेल्प लाइनहरु छन् । त्यसमा टिपाउनुपर्छ । त्यसपछि हाम्रो दूतावासमा व्यवस्था छन् । सामानहरु त्यहाँ पु¥याइदिने व्यवस्था गरिएको छ । खानाहरु दिनदिनै पु¥याइराखेका छन् । सामान पु¥याउने व्यवस्था विभिन्न ठाउँबाट गरिएको छ । सबै प्रदेश र सहरबाट पु¥याउने काम भइराखेको छ । समस्यामा पर्नेले फोन गरेभने हामीले उनीहरुलाई सामान पु¥याउने काम गरिदिन्छौं ।
उनीहरुले सामाजिक दुरी पनि कायम गर्न पाएका छैनन् रे सात, आठ सय मान्छेहरु एकैठाउँमा बस्नुपरेको छ रे नि ?
ऋषि धमलाजीलाई फोन गर्नेहरुले नेपाली दूतावासमा पनि त फोन गर्न सकिन्छ नि । जताततै फोन गर्नुभन्दा जहाँबाट व्यवस्था गरिएको छ त्यहाँ पो भन्नुपरो । अनि नेपाली दूतावासले त्यो अनुसार काम गर्छ । गरिरहेको पनि छ र अझै गर्ने छ । खाना नभएर होइन यहाँ आत्तिएर घर जान चाहेका छन् । अनि त्यसको लागि हामीले यहाँ खान पाएनौं त्यसैले नेपाल जान पाउँ भन्नेहरु पनि छन् । धेरैजसो नेपाली जानको लागि दबाब सिर्जना गरेको बुझिन्छ । अहिले नेपाल जानपाउने अवस्था छैन । त्यसैले असन्तोष पोखेका हुन् । नमिल्ने अवस्थामा नेपाल फर्क भन्न सकिँदैन । यही त यात्रा नगर्न भनिएको छ भने कसरी नेपाल जान मिल्छ ? खान र बस्नको लागि दूतावासमा थाहा भएपछि जुनसुकै ठाउँमा, जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराइन्छ ।
त्यसोभए नेपालीहरुलाई खान बस्नेको लागि कुनै समस्या छैन ?
समस्या हुनेले उपयुक्त ठाउँमा सूचना दिनुपर्छ । त्यसको जिम्मा हामी लिन्छौं । सूचना चाहीं नेपालमा ऋषि धमलालाई दिने अनि भारतमा खान पाएनौं भनेर हुन्छ । यहाँको दूतावासमा पो दिनुपर्छ ।
सूचना दिदा दुतावासका कर्मचारीहरु व्यवास्ता गरे भन्छन् नि ?
यस्तो बेलामा व्यवास्था गर्ने प्रश्नै आउँदैन । यो होइन कि एकैपटक हजार जनाको ग्रुप बनाएर होइन जहाँ पाँच जना, १० जना छन् तिनीहरुको लागि हामीलाई जानकारी दिनुपर्छ । हामीले ५० जना, १०० जना र कतै ४, ५ जनाको पनि सहयोग गरेका छौं । बच्चाहरुले दूधखान नपाएको ठाउँमा दूधको पनि व्यवस्था गरेका छौं । विभिन्न प्रदेशका मुख्य मन्त्रीहरुसँग कुरा गरिराखेका छौं । उनीहरुले पनि हामी गर्छौं भनेर आश्वासन दिएका छन् । हामीले सुचना पाएपछि कुनै पनि नेपालीले भोकै बस्नु र सडकमा सुत्नुपर्दैन ।
अब नेपाल–भारतको सीमाना कडाईं गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो त्यो कति सम्भव होला ?
नेपाल–भारतबीच खुला सीमाना छ । सीमाना खुल्ला रहेको ठाउँमा महामारी फैलिएको बेलामा दिल्लीमै त जुन संक्रिमित त्यहाँ सिल गरेर अरु ठाउँ खुकुलो गरिएको छ भने नेपाल–भारती सीमामा कडाईं गर्न सकिन्छ । भारत सरकारले पनि जान दिँदैन । कतिपय सीमा क्षेत्रमा बिरामी परेर जान खोज्दा यहाँका मुख्यमन्त्री, गृहप्रशासन गुहार्नुप¥यो । त्यसको लागि धेरै मेहनत गरेर मात्रै पठाउन सकियो । कतिपय किड्नी प्रत्यारोपणका बिरामीलाई हेरौं न त भन्दा पनि भएको छैन । अनि कसरी सर्वसाधारण जान पाउँछन् ? कसैले झुक्याएर हामी पु¥याइदिन्छु भनेका छन् । त्यस्तो भ्रममा पर्नुभएन । फेरि नेपालीहरुले यहाँ पनि सहयोग गरिरहेका छन् सहयोग लिएका मात्रै होइन् नि । कतिपय उद्यमी, व्यवसायीहरु छन् । उनीहरुबाट पनि सहयोग प्राप्त भइराखेको छ । मजदूर, विद्यार्थीहरुले पनि संयम अपनाएका छन् । कतिपय गलत हल्ला, समाचारहरुले गर्दा केही हिंडेर दुःख पनि पाएका छन् ।
अहिले भारतमा नेपालीहरु कति छन् ?
ठ्याक्कै तथ्यांकहरु त हामीसँग छैन । तर, भारतमा नेपाली प्रशस्तै छन् । यति लाख भनेर म भन्न सक्दिँन । किन भने मैले बोलेको आधिकारिक हुनुपर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्