Logo

आज ४२औं दिन, पुतलीसडकदेखि पशुपतिसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २२ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको आज ४२औं दिन पुगेको छ । कोरोनाको कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । नेपाललाई असर नपर्ने त कुरै भएन् । सरकारले कोरोनाको जोखिमबाट बच्नको लागि गत चैत्र ११ गतेदेखि लकडाउन लगाएको हो । यो लकडाउन यही बैशाख २५ गतेसम्म कायम गरिएको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाईका साथ पालना गर्न र गराउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए । लकडाउनको आज ४२औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको पुतलीसडकदेखि पशुपति क्षेत्रसम्मको अवस्था नियाँलेका छन् । हेरौं बाँकी तस्विरमा:



प्रतिक्रिया दिनुहोस्