Logo

इटाली सहित युरोपका केहि मुलुकहरु लकडाउन खुकुलो पार्ने तयारीमा



२२ वैशाख : विश्वमा पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटालीसहित युरोपका अन्य मुलुकले लकडाउन खुकुलो गर्ने योजना सार्वजनिक गरेका छन्।

आठ हप्ता लकडाउनपछि इटालीले अन्ततः प्रतिबन्ध केही खुकुलो गर्ने भएको छ। अब व्यक्तिहरु आफन्तहरुलाई भेट्न सक्नेछन्, पार्कहरु फेरि खुल्नेछनु र बार तथा रेष्टुराँहरुले ‘टेकअवे’ व्यवसाय गर्न सक्नेछन्। लकडाउन खुकुलोभएपश्चात लगभग १० लाख मानिसहरु काममा फर्किने अपेक्षा गरिएको छ तर, कार्यस्थल र सार्वजनिक यातायातमा मास्क अनिवार्य रहनेछ।

त्यस्तै, स्पेनमा केश व्यवसायीहरुले आफ्ना पसल खोल्न सक्ने भएका छन्। यद्यपि,उनीहरुले केबल ति व्यक्तिहरुलाई सेवा दिन सक्नेछन् जसले अपोइन्टमेन्ट लिएका छन्। मुलुकले केही आईल्याण्डहरुलाई खुकुलो गर्दैछन् किनकी ती आईल्याण्डहरु अन्य स्थानहरुजस्तो कोरोनाबाट प्रभावित छैनन्।

यता जर्मनीले चिडियाखाना, म्युजियम, केश व्यवसायी र केही स्कुलहरु पनि खुल्ला गर्दैछ। त्यसैगरी, अष्ट्रियमा पनि स्कुल खुल्ने भएका छन् भने हंगेरीमा सिनियरहरुको परीक्षा सञ्चालन हुनेछन् यद्यपि, स्कुलहरु भने बन्द रहनेछन्।

पोल्याण्डले होटल, पुस्तकालय, म्युजिय र पसलहरु खोल्न अनुमति दिएको छ तर, केस व्यवसाय, रेष्टुराँ र खेलमैदानहरु भने बन्द रहने बताइएको छ। मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्