Logo

कोरोना परीक्षण ६४ हजार नाघ्यो, ४ सय ३४ जना सम्भावित जोखिमको सूचिमा



वैशाख २२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६४ हजार ४ सय ८५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ वटा परीक्षण भएको छ । हालसम्म १३ हजार ६ सय ४० जनाको पिसीआर परीक्षण र ५० हजार ८ सय ४५ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ५८३७, प्रदेश दुईमा ५७३६, बागमति प्रदेशमा ८६१०, गण्डकी प्रदेशमा ५८८२, प्रदेश पाँचमा ४८३१, सुदूरपश्चिम प्रदेशमा १४,१३६ र कर्णाली प्रदेशमा ५८१३ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । हालसम्म आरडिटी परिक्षणको संख्या ५० हजार ८ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २१ हजार ५ सय २३ व्यक्ति छन् । प्रदेश एकमा २२९९, प्रदेश दुईमा १३१९, बागमति प्रदेशमा २५६, गण्डकी प्रदेशमा ६५८, पाँच नम्बर प्रदेशमा ९९५३, कर्णाली प्रदेशमा ३२७९, र सुदूरपश्चिम प्रदेशमा ३७५९ जना क्वारेन्टइनमा रहेका छन् ।

आइसोलेसनमा १ सय ६ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा १ जना मात्रै छन् । नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७६ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३० हजार ४ सय ६९ रहेको छ । तिमध्ये ३ सय २८ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ३४ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्