Logo

मास्कमा कालोबजारी गर्ने हिमाल फार्मेसीलाई दुई लाख जरिवाना



कैलाली, बैशाख २२ । मास्कमा कालोबजारी गरेको भन्दै कैलालीको अत्तरियास्थित हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएको पाईएपछि कारवाही स्वरुप जरिवाना गरेको जनाएको छ ।

अनुगमनका क्रममा फार्मेसीले मास्कका तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot