Logo

चितुवाको छाला बरामद



काठमाडौं, २२ वैशाख । चितुवाको जस्तो देखिने छाला आइतबार दिउँसो प्रहरीले बरादम गरेको छ । काठमाडौं महानगरपालिका महाँकालस्थित सडकबाट चितुवाको जस्तो देखिने छाला १ थान बरादम गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र उक्त चितुवाको जस्तो देखिने छाला फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot