Logo

भरुवा बन्दुक बरामद



बझाङ, २२ वैशाख । लुकाइछिपाई राखेको भरुवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ । तल्कोट गाउँपालिका स्थित खेतको कान्लामा रहेको झ्याङबाट भरुवा बन्दुक १ थान बरामद गरेको हो । स्थानीय क्वारेन्टाइनमा प्रहरी चौकी मेलबिसौनाबाट खटिएको प्रहरी टोली फर्किने क्रममा उक्त झ्याङ लुकाईछिपाई राखेको भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्