Logo

मन्थराले कसरी घर भाँडिन्



बाल्मिकी रामायणमा मन्थराको धेरै महत्वपुर्ण भुमिका बताइएको छ । उसको कारण श्रीराम १४ वर्षको लागि वनवास भोग्नु पर्यो । मन्थरा र रानी कैकेयी केकय देशका थिए । कैकयका राजा अश्रपति सम्राटको छोरी कैकयी राजा दशरथकी तेस्री नम्बरकी पत्नी थिईन् । उनी धेरै सुन्दर हुनुको साथै एक नायिका पनि थिइन् । सम्भवत यसैकारण राजा दशरथको प्रिय थिइन् । विवाहको समय नै मन्थरा कैकेयीको साथमा अयोध्या आएकी थिइन् ।

कथाको अनुसार कैकेयी देशको राजा अश्रपतिको एक भाई थिए जसको नाम वृहदश्र थियो । उनको बेहुली जस्ती सुन्दर र ठुली एक छोरी थिइन् उनको नाम रेखा थियो । रेखा बालपन देखि नै कैकेयीको साथी थिइन् । उनी राजकन्या र बृद्धिमति पनि थिइन् । तर सानैमा एक रोग लाग्यो, रोगले शरीरबाट धेरै पसिना निकाल्यो र धेरै प्यास लाग्न थाल्यो । एक दिन पानीले अत्यन्त व्याकुल भएर इलायची। मिश्री र चन्दनले बनेको शर्बत पानी पिइन । शर्बत पानी पिएपछि शरीरको सबै अंगले काम गर्न छाड्यो ।

तत्काल चिकित्सकलाई बोलाएर उपचार गर्दा उनको प्राण बचाउन सकेपनि ढाड सिधा बनाउन सकेनन् । त्यसकारण उनको नाम मन्थरा भयो । शारीरीक समस्याको कारण उनी आजीवन अविवाहित नै बस्नुपर्यो । यसपछि मिल्ने साथी कैकेयीको विवाह पश्चात अंगरक्षिका बनेर अयोध्यामा बस्न लागिन् ।

किवंदन्ती अनुसार मन्थरा दुन्दुभ नाको एक गन्र्धव कन्या हुन् । कथाको लोमश ऋषिको अनुसार पुर्वजन्ममा प्रल्हादको छोरा विरोचनको कन्या थिइन् । वाल्मिकि रामायणमा इन्द्रले पठाएका अप्सरा मानिएको छ, जसले भगवान रामलाई वनवास पठाउन आएकी थिइन् ।

महाराजा दशरथले चैत्र मसान्तमा आफ्नो ज्येष्ठ छोरा रामलाई राज्यभिषेक गराउने कुरा मन्थराले कैकेयीलाई सुनाइन् । ज्येष्ठ छोराको राज्यभिषेकमा केकेयी पनि निकै खुशी थिइन् तर मन्थराले उल्टा कुरा गरेर आफ्नो छोरा भरतको बारेमा सोच्न बाध्य बनाइन् । एक पटक दशरथ देवासु सग्रामको युद्धमा कैकेयीको साथमा भाग लिन गएका थिए । युद्धमा दशरथ अचेत भएकोल कैकेयीले रणक्षेत्रबाट बाहिर ल्याएकाले प्रसन्न भएर दुई वरदान दिने वचन दिएका थिए र कैकेयीले समय आएपछि मागौला भनेकी थिइन् । उक्त वरदान माग्ने उपयुक्त समय यहि हो भनेर कैकेयीलाई वाध्य पार्ने मन्थरा नै हुन् । मन्थराले भने अनुसार पहिलो वरदान रामलाई वनवास पठाउने र दोस्रो भरतलाई राज्यभिषेक गराउने । यस्तो कुरा सुनेर राजा दशरथको मन भित्र भित्रै छिया छिया भयो । अन्तिममा शत्रुघ्नले सबै कुरा थाहा पाएर लात्ताले हानेर दरबारबाट निकालिलिए ।



प्रतिक्रिया दिनुहोस्