टोकियो, बैशाख २२ । जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ ।
जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनैलाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।
भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन जापानी प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
सङ्कटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ ।