Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो



काठमाडौं, बैशाख २३ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजार ५ सय ६६ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १२ हजार ८ सय ४७ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्