Logo

सात जना कोरोना भाइरसका नयाँ संक्रमित को को हुन् (सुचीसहित)



काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका ७ नयाँ संक्रमितहरु थपिएका छन् । आज नेपालगञ्जमा ३ पुरुष र ४ महिला संक्रमित थपिएका हुन् ।

संक्रमितहरु १९ वैशाखमा नेपालगञ्जमा संक्रमित ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरु हुनु । ती जमाती भारतको नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातसँग सम्बन्धित धर्मगुरु हुन् । उनी नेपालगञ्जकै बासिन्दा भएको बुझिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणाले ती जमाती नेपालगञ्जकै भएको पुष्टि गरेका हुन् । उनले ऋषि धमलासँग हिजो रेडियो एनआरएनसँगको अन्तवार्तामा भारत आउजाउ गर्ने व्यक्ति भएको खुलाएका हुन् ।

संक्रमितहरु २२, ३० र ४० वर्षका पुरुष छन् । ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्ला नेपालगञ्जका अहिलेसम्म पत्ता लागेका २२ जना संक्रमितहरु मदरसाका विद्यार्थी देखि जमातीको सम्पर्कमा आएकाहरु छन् ।

यसअघि नेपालगञ्जमै भेटिएका ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप १५ जनामा संक्रमण भेटिएको थियो ।
संक्रमितमध्ये ७ वर्षीया बालिका पनि छिन् । जुन नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरकी हुन् । ६० वर्षीय जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत संक्रमित भएका हुन् ।

बाँकेको समुदायसम्म कोरोना संक्रमण भेटिएपछि त्यहाँ सुरक्षा कडा पारिएको छ । नेपालगञ्जमा निषेधित क्षेत्र घोषित गरी लकडाउन कडा पारिएको छ ।

नयाँ संक्रमित
१. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
२. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
३. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
४. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
५. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
६. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्