Logo

२४ घण्टायता भारतमा ३ हजार भन्दा बढी संक्रमित, कुल संक्रमित संख्या ४६ हजार



२३ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ ।

भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्