Logo

चन्द समूहका पोलिटव्यूरो सदस्य विरही पक्राउ



चितवन, २३ वैशाख : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दैगर्दा उनी पक्राउ परेका हुन् । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको उनले जानकारी दिए ।

भ¥याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् । उनी रत्ननगर नगरपालिका–५ निवासी हुन् । आएका थिए । उनी तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज्त थिए ।रासस File photo



प्रतिक्रिया दिनुहोस्