Logo

दिल्ली सरकारले पेट्रोल र डिजेलमा बढायो भ्याट, ५० दिनपछि बढ्यो मूल्य



२३ वैशाख : भारतको दिल्ली सरकारले कोरोना बिरूद्धको लडाईमा रकम संकलन गर्न इन्धनमा भ्याट बढाएको छ। यो बृद्धि भएपछि राजधानी दिल्लीमा पेट्रोल १.६७ भारु र डिजेल ७.१० भारु महँगो भएको छ।

सरकारको यो निर्णय पछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य ६९.५९ बाट बढेर ७१.२६ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ६२.२९ बाट बढेर ६९.३९ भारु प्रति लिटर पुगेको छ।

इन्डियन तेलको वेबसाइटका अनुसार पेट्रोलमा भ्याट अब १६.४४ रुपैयाँ प्रति लिटरमा पुगेको छ। डिजेलमा भ्याट १६.२६ रुपैयाँ प्रति लिटर कायम गरिएको छ। भ्याट अब पेट्रोलमा २७ प्रतिशतको सट्टामा ३० प्रतिशत र डिजेलमा १६.७५ प्रतिशतको सट्टामा ३० प्रतिशत पुगेको छ।

लकडाउको कारण लगातार घटिरहेको पेट्रोल तथा डिजेलको भाउ करिब ५० दिनपश्चात बढेको छ। अहिले लकडाउको कारण सबै प्रदेशहरुको अआम्दानी घटिरहेको कारण अन्य प्रदेशले समेत भ्याट भढाउन सक्ने भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्। मेरोलगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot