Logo

हातहतियार बरामद



काठमाडौं, २३ वैशाख । विभिन्न हातहतियार सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । रुपन्देही, देवदह नगरपालिका चरङगे धौलागिरीचोकबाट भरुवा बन्दुकको फलामको नाल १ थान, उक्त बन्दुकको काठको दाप १ थान, सर्टगनको खाली खोका १ थान, खोका १ थान, फलामको छर्राहरु र चक्कु १ थान बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिशे अवस्थामा रहेको झोला फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला परेको हो । त्यस्तै उदयपुर, बेलका नगरपालिकाको माछापुच्छ्रे सामुदायिक बनबाट भरुवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त वनमा शिकारीहरु शिकार खेल्न गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीलाई देखि उक्त बन्दुक फाली अपरिचित व्यक्तिहरु फरार भएश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । साथै फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिहरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्