Logo

भरुवा बन्दुक सहित पक्राउ



काभ्रे, २३ वैशाख । भरुवा बन्दुक सहित प्रदीप ठकुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिकाका ठकुरी भरुवा बन्दुक १ थान सहित पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा बाँदर आयो भनी आफ्नै घरमा रहेको लाईसेन्स नभएको भरुवा बन्दुक प्रदीपकी १२ वर्षीया छोरीले सोमबार साँझ पड्काउदा बन्दुकको छर्राले लागेर बालिका घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot