Logo

रामसँग शुर्पणखा किन मोहित भइन्



बाल्मिकि रामायण, रामचरित्र मानस, रामचन्द्रिका, साकेत, साकेत मन्त्र पंचवटी आदी गन्थमा सुपंणखाको बारेमा जानकारी भेटिएको छ । यही सुर्पणखाको नाक लक्ष्मणले काटीदिएका थिए ।

को हुन् सुर्पणखाः ऋषि विश्वश्रवा र कैकसीको छोरी तथा लंका रावणको बहिनी थिइन् सुर्पणखा । जसको अर्थ सुपको समान हो ।

सुर्पणखाको पतिः कुबेरलाई निकालेर रावण लंकामा बसेपछि उनले आफ्नी बहिनी सुर्पणखालाई कालको छोरा दानवराज विद्युज्जिहसँग विवाह गराइदिए ।

रावणलाई सुर्पणखाले दिएको श्रापः त्रिलोक्यमा विजय गर्दा एक युद्धमा विद्युज्जिह लाई पनि मारिदिएका थिए यसकारण सुर्पणखा धेरै दुःखी थिइन् । उनले मनै मनले रावणलाई श्राप दिइन्, ‘मरो कारण तेरो नाश हुनेछ । ’ एक किबंदन्तीको अनुसार एक पटक रावण सुर्पणखाको घर गएका थिए उनले आफ्नो ज्वाई विद्युज्जिह श्रीहरीको भक्त भएकाले रावण क्रोधित भएर हत्या गरिदिए ।

रामप्रति मोहितः कथाको अनुसार श्रीराम ध्यानमा बसेको थिए उक्त समय सुर्पणखाले रामलाई देखिन् । उनको रुप देखेर मन्त्र मुग्ध भएर रामको परीचय मागी र आफ्नो पनि दिईन् । उनले आफु राक्षस भएको र लंकाको राजा रावण आफ्नो दाजु भएको बताइन् । म तिमीसँग विवाह गर्न चाहन्छु भनिन् । यो सुनेर रामले आफु विवाहित भएको र भाई लक्ष्मण अविवाहित हो, उनै सँग जानु भने ।

लक्ष्मणले नाक काटेकाः पञ्चवटीमा सुर्पणखाले लक्ष्मणलाई विवाहको प्रस्ताव राखिन तर लक्ष्मणले अस्विकार गरे रामनिर पठाइदिए । दुवैले अस्विकार गरेपछि रिसले सीतालाई खान्छु भन्दै यो मरेपछि आफ्नो विवाह हुनेछ भन्न थालिन् । सीतालाई आक्रमण गर्न लाग्दा रामको निर्देशनमा लक्ष्मणले नाक काटिदिए ।

खर र दुषणको हत्याः सुर्पणखाले राम र लक्ष्मणलाई मार्न आफ्ना भाईहरु खर र दुषणलाई सेनासहित पठाइन् तर राम एक्लैले दुवै भाईलाई र सेनासबैलाई मारीदिए । यसपछि ऋषि मुनि र गन्र्धव १४ हजार सेना लिएर हेर्न ग्एका थिए उनीहरु सबैलाई रामले मारीदिए ।

रावणसँग सीताको बखानः सीता अत्यन्त सुुन्दर र तपाइँको पत्नी बन्न योग्य हुनेछ । भनेर बखान गरेकोले बदला लिनलाई सीताको अपहरणको योजना रचिएको थियो ।

पुर्वजन्मः इन्द्रलोककी नयनतारा नामक अप्सरा थिइन् । पृथ्वीमा एक वज्रा नामका ऋषिले घोर तपस्या गर्दै थिए, वज्रा ऋषिको तपस्या भंग गरिदिएकाले ऋषिले राक्षस हुने श्राप दिएकाले उनले अप्सरा त्याग गरेर राक्षसी बनेकी थिइन् ।

सुर्पणखाको लक्ष्मणले नाक काटीदिएपछि ज्ञान चक्षु खुल्यो । यस्तो पनि किवंदन्ती छ जसमा शिव आराधना पछि भगवान शिवले सुर्पणखालाई दर्शन दिएर वर प्रदान गरे २८ द्धापर युगमा जब श्रीराम कृष्णावतार लिनेछन् तब कृष्ण पति सुख भोग हुन पाउनेछौ । कृष्णले तिम्रो समस्या ठिक पारेर नयनतारा अप्सराको रुप प्रदान गर्नेछन् ।(धर्मग्रन्थमा आधारीत)



प्रतिक्रिया दिनुहोस्