Logo

गभर्नर अधिकारीकाे १ कराेड रूपैयाँभन्दा धेरै शेयरमा लगानी



काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार आफ्नो सम्पति विवरण सर्वजानिक गरेका छन्। गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार सम्पति विवरण बुझाएका हुन्।

उनले पेश गरेको सम्पति विवरणमा १ करोड रुपैयाँभन्दा धेरैको शेयर  छ । माछापुच्छ्रे बैंकमा एक लाख ६३ हजार ७६२ रुपैयाँ नगद छ ।नबिलमा २ हजार ३०२ अमेरिकी डलर निक्षेप रहेको छ।

अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ४५ हजार २०० रुपैयाँ बराबरको ११ सय कित्ता शेयर छ भने नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स लयायतका कम्पनीहरमा ४८ लाख ३७ हजार ३९० रुपैयाँ बराबरको २७ हजार १८४ कित्ता शेयर छ।

त्यसैगरी अधिकारीले नबिल ब्यालेन्स फण्ड-२ मा १८ लाख लगानी गरेका छन् भने चिलिमे, एचआइडीसिएल, सानिमा माइ, अपर तामाकोशीमा ४० लाख १७ हजार ५०० रुपैयाँ लगानी गरेका छन्।

उनीसँग २७ तोला सुनका गहना छ भने ५० तोला चाँदीका गहना छन्। गभर्नर अधिकारीसँग श्रीमतिको नाममा रहेको २२ वर्गमिटरमा बनाएको घर रहेको छ। सो घर संचयकोष सापटी र बैंकबाट ऋण लिएर बनाएको अधिकारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot