Logo

कोरोनाको परीक्षणको दायरा बढाउन नसकेकोमा सरकारको आलोचना



काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना संक्रमणको व्यवस्थापनमा सरकार सुरुआती दिनमा जहाँ थियो, त्यहीँ रहेको टिप्पणी गरेका छन् ।मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कांग्रेस सचेतक खाँणले सरकारले कोरोनाको परीक्षण जति ठूलो दायरामा गर्नुपर्थ्यो, त्यो गर्न नसकेको बताए ।

यस्तै, नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमानाकामा कडाइ गरेमात्र कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण हुने बताए । गुरुङले कोरोना उपचारमा निजी अस्पतालहरुले तदारुकता नदेखाएको भन्दै सबै निजी अस्पताललाई राष्ट्रियकरण गर्नुपर्ने सन्देश यो अवस्थाले दिएको बताएका थिए ।

गृहमन्त्री रामबहादुर थापाले भने भारत तथा खाडी मुलुकमा आर्थिक गतिविधि र निर्माण कार्य फेरि संचालन हुन थालेकाले वैदेशिक रोजगारीमा गएका नेपालीलाई ल्याउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरेका थिए थिए । 

सरकारले लकडाउनकै अवधिमा दुईओटा अध्यादेश जारी गरेको भन्दै सरकारको पछिल्लो कदमले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छ कि छैन रु भन्ने प्रश्न खडा गरेको उनले बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्