Logo

म बादल गुटमा छैन् : देव गुरुङ



काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले आफू पार्टीभित्र कुनैपनि गुटमा नरहेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफू रामबहादुर थापा बादल वा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कसेको पनि गुटमा नरहेको बताएका हुन् । उनले आफू पार्टी विधि र विधानअनुसार चल्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे । उनले यही बैशाख २५ गते विहान बस्ने स्थायी कमिटी बैठकमा आफ्ना कुराहरु खुलस्त राख्नेपनि जानकारी दिए ।

पछिल्लो समय नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । नेताहरु तीन समूहमा विभाजित भएका छन् । एउटा समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । अर्को समूहको नेतृत्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् भने अर्को समूहको नेतृत्व फेरी माधव कुमार नेपालले गरिरहेका छन् । अहिले दाहाल र नेपाल समूह एउटै कित्तामा उभिएका छन् । File Photo

प्रधानमन्त्री ओलीसँग भेटेका झलनाथ भन्छन् : ‘प्रधानमन्त्री आज गम्भिर र तनाव मुद्रामा देखिनुहुन्थ्यो’



प्रतिक्रिया दिनुहोस्

Screenshot