वैशाख २३,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ मा कोरोना संक्रमणका जोखिम बढेको भन्दै जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ ।
भोटेकोसी गाउँपालिका वडा नम्बर १ कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जुवातास खेल्न बन्द गरिएको जनाएको हो ।
तास खेल्ने क्रममा थुक लगाउँदा संक्रमणको जोखिम हुने भएकाले खेल्नैै बन्द गर्न भनिएको छ । त्यसैगरि पैसा आादान प्रदान गर्दा पनि थुक लगाइने भएकाले जोखिम बढ्नेे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जुवा तास खेलेमा वा कोरोना संक्रमण भएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
यस्तो छ विज्ञप्ति :