Logo

भिसा अवधि सकिएकालाई मलेसिया सरकारले १४ दिनको समय दिने



काठमाडौं, बैशाख २४ । मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ।

मलेसियास्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासले जनवरी १ देखि भिसा सकिएकालाई मे १२ देखि २६ तारिखसम्म स्वदेश फर्कने समय दिइएको जानकारी गराएको छ ।

साथै दूतावासले हाल मलेसियामा रहेको नेपालीलाई आफ्नो विवरण भर्न समेत आग्रह गरेको छ। मलेसियामा रहेका नेपालीको वास्तविक तथ्याङक पत्ता लगाउन दूतावासले अनिवार्य विवरण भर्न आग्रह गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्