काठमाडौँ, २४ बैशाख । भोलि २०७७ वैशाख शुक्ल पूर्णिमा, २५६४औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती मात्र होइन बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको पनि दिन ।
बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा पर्ने लुम्बिनीमा नै रहेको विशाल अशोक स्तम्भमा कुँदिएका छन् । युनेस्को लगायतका विश्व संस्थाले नेपालको लुम्बिनीलाई नै बुद्धको जन्मभूमि मान्दा पनि त्यसबारे अनर्गल प्रचार जारी छ । त्यसको उठान लुम्बिनी पत्ता लागेदेखि नै भएको हो । भारतमा बेलायती राज भएको बेला बेलायतकै कर्मचारी पुरातìवविद् डा। एलियस एन्टोन फुहरर र नेपालका तत्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले अशोक स्तम्भमा खिपिएका ब्राह्मी अक्षरका आधारमा सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पत्ता लगाए ।
त्यसै अनुरूप तयार पारेको मोनोग्राफ अन बुद्ध शाक्यमुनिज् बर्थ प्लेस इन नेप्लिज तराई ( यलयनचबउज यल द्यगममजब क्बपथबmगलष्ुक द्यष्चतज एबिअभ ष्ल ल्भउबभिकभ त्भचबष् ) नामक फुहररको प्रतिवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत सरकारले उनलाई जागिरबाट बर्खास्त गर्ने तयारी गरेर राजीनामा दिन बाध्य पारेको थियो । त्यसै क्रममा भारतको पिप्रहवामा रहेको एक जनाको व्यक्तिगत मौजामा रहेको एउटा स्तूपलाई लुम्बिनीका रूपमा खडा गर्ने प्रपञ्च रचेर त्यसै अनुरूप काम भए । अद्यापि त्यसको चर्चा बेलाबखत हुनेगर्दछ । यहाँ त्यो इतिहास नभई त्यसै सेरोफेरोमा लुम्बिनी र बुद्धबारे भएका तत्कालका घटनाक्रमलाई आकलन गरिएको छ ।
बुद्ध राजनीति
लुम्बिनी नेपालको पश्चिमी तराईमा पर्ने एउटा ठाउँको नाम हो – अर्थात् यो भूगोल हो । लुम्बिनीको चर्चा ज्यादै धेरै समयदेखि हुने गरेको छ, त्यसैले यो इतिहास हो । लुम्बिनीमा असाध्यै पुराना अभिलेख, शिलालेख, सजीव र निर्जीव संरचनाका भग्नावशेष लगायतका वस्तु छन् । त्यही भएर यो पुरातत्व हो, मानव शास्त्र र समाज शास्त्र अध्ययन हो । लुम्बिनी बुद्धको जन्मस्थल हो – त्यसैले यो धार्मिक आस्था हो, शान्तिको क्षेत्र हो, अहिंसा र मानवताको सन्देश हो अनि एसियाबाट विश्वलाई उज्यालो दिने प्रकाशपुञ्ज हो । लुम्बिनी जीवन दर्शन हो । यही भएर यो विश्वको सम्पत्ति हो, विश्व सम्पदा हो । (गोरखापत्रबाट)