काठमाडौं, २४ बैशाख । यही बैशाख २६ गते अर्थात आउने शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । उक्त संसद बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने भएको छ। भौतिक दूरी कायम गर्नेगरि सांसदहरुलाई बस्ने व्यवस्था गरिने भएको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमण फैलन नदिन बैठकमा जाँदा सबै सांसदहरूलाई मास्क अनिवार्य गरिने भएको छ।
संसद बैठकमा भौतिक दूरी कायम गर्नको लागि सांसदको बीचका दुई कुर्सी खाली राख्ने र बैठकमा सहभागी हुने सांसदलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने पनि संसद सचिवालयको तयारी छ । र, संसद भवन बाहिर हात धुन साबुन पानीको पनि उचित व्यवस्था गरिने जनाईएको छ । File Photo