Logo

सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द



काठमाडौँ २४ वैशाख : सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो ।

यस अघि अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडानमा जेठ २ गते सम्म प्रतिबन्ध गरेको थियो । लकडाउनको अवधी पनि बढाएर जेठ २ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथान तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि बैशाख २५ गते सकिदैछ।

कोरोनाको संक्रमणको संख्या बढीरहेको अवस्थामा सरकारले लकडाउन प्रभावकारी हुने भन्दै लम्ब्याउने निर्णग गरेको हो।

हालसम्म नेपालमा कोरोना संक्रमित संख्या ८२ पुगेका छन्। त्यसमध्ये २२ जना निको भएको छन् भने तीन जनामा पुनः संक्रमण देखिएको छ।

यस्तै, सरकारले बैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । बुद्ध जयन्तीको अवसर कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना सहित दिप प्रज्ज्वलन गर्न सरकारले सर्वसाधारणहरुलाई आग्रह गरिएको छ । मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्