Logo

उदयपुरका ६ जना कोरोना संक्रमित डिस्चार्ज भए



२४ वैशाख : कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय नागरिकमध्ये ६ जना निको भएर डिस्चार्ज भएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएका छन्। वैशाख ५ र ६ गते भुल्केस्थित मस्जिदमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

योसंगै कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २२ पुगेको छ। त्यसमध्ये ३ जनामा पुन: कोरोना संक्रमण पुष्टि भएको छ। मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्