Logo

चिनीयाँ टेस्टिङ किटकाे भराेसा भएन, बाख्रा र फलफूलमा पनि देखियो कोरोना



२४ वैशाख : विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसबाट प्रभावित पूर्वी अफ्रिकी देश तान्जानियामा चिनीयाँ टेस्टिङ किटबाट परीक्षण गर्दा बाख्रा र फलफूल पनि कोरोना संक्रमित पाइएको छ ।

यस्तो प्रकारको नतिजा सार्वजनिक भएसँगै तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले टेस्टिङ किट सही नभएको भन्दै त्यसको जाँच गर्नका लागि आदेश दिएका छन् ।

बाख्रा र एक प्रकारको खास फल पउपउको जाँचपछि त्यसको नमुना ल्याबमा पठाइएको थियो, तर त्यो नमुना बाख्रा र फलको नमुना भनेर जानकारी दिइएको थिएन । तर जब ती नमुनाको जाँचको रिपोर्ट पोजिटिभ आयो, तब मात्र यस कुराको खुलासा भएको थियो ।

राष्ट्रपति मागुफुलीले तान्जानियााका सुरक्षाबललाई किटको गुणस्तरको जाँच गर्नका लागि निर्देशन दिएको बताएका छन् । उनले भने, हाम्रो यहाँ चीनबाट कोरोना भाइरसको टेस्ट किट आएको हो, जसमा गडबडी रहेको छ । यस्तो कसरी हुन सक्छ कि, फल र बाख्रामा पनि कोरोना पोजिटिभ निस्कियो । यसको मतलब कोरोना पोजिटिभ पाइएका केही मानिसहरु वास्तवमा कोरोना भाइरसबाट संक्रमित थिएनन ।मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्