काठमाडौं, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सचिवालय बैठक बस्नुअघि गौतमले दाहालसँग उनको निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । पछिल्लो समय वामदेवले दाहाल र माधव नेपाललाई धोका दिएको चर्चा चलिरहेको बेलामा उनीहरुबीच आज यो भेटवार्ता भएको हो । भेटमा गौतमले दाहालसँग आत्माआलोचना गरेको र आफूबाट गल्ती भएको स्विकारेका थिए । स्रोतकाअनुसार गौतमले आफू प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएर गल्ती गरेको र आफु फसेको पनि बताएका थिए । File Photo