Logo

जानकी मन्दिरमा महन्थ विवाद, मन्दिर परिसर भित्रै केटी नचाइए?(भिडियोसहित)



जनकपुरधाम २४ वैशाख । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरमा अहिले महन्थको विषयलाई लिएर विवाद चुलिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको जानकी मन्दिरमा छोटे महन्थ भनिने राम रोशन दास वैष्णव मन्दिरको छोटो महन्थ नरहेको दाबी गरिएको छ ।

एक अन्तरवार्ताको क्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले आफूलाई छोटे महन्थ भनेर अघोषित एवम् स्वघोषित महन्थको रुपमा राम रोशन दास वैष्णव रहेको बताएका छन ।

महन्थ दासले राम रोशन दास आफूलाई मन्दिरको छोटे महन्थ एवम् आफ्नो उत्तराधिकारी अघोषित रहेको खुलाएका छन् । अन्तरवार्ताको क्रममा महन्थ दासले आफूलाई राम रोशनले बारम्बार धम्की समेत दिने गरेको आरोप लगाएका छन् ।

विभिन्न ठाउँको दाताहरुबाट आउने करोडौं रुपैयाँको बारेमा आफूलाई कुनै प्रकारको जानकारी नभएको बताउँदै महन्थ दासले राम रोशन आफूखुसी मन्दिरमा अघोषित एवम् आफूलाई स्वयंम छोटे महन्थको रुपमा घोषणा गरेको दाबी गरेका छन् ।

प्रदेश सरकार सहित अन्य विभिन्न संघ सँस्थाहरुबाट आउने मोटो रकमको समेत हिनामिना गरी आफूलाई कुनै प्रकारको जानकारी नदिएको बताएका छन् ।

दासले आफूलाई छोटे महन्थ भनिने राम रोशन दास वैष्णव मन्दिरको केही नरहेको पनि बताएका छन् ।

उनले भने, – “राम रोशन दास एक साधारण चेला जस्तै हुन, अन्य चेलाहरु जस्तै, यो मन्दिरमा मैले कसैलाई छोटे महन्थ वा उत्तराधिकारीको दर्जा दिएको छैन अहिलेसम्म । मैले कसैलाई पनि घोषणा गरेको छैन । राम रोशन दास आफूलाई स्वघोििषत महन्थ ठानेको छ । विभिन्न ठाउँबाट आउने सबै रकमको हिनामिना भएको छ ।”

महन्थ दासले प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउत मुस्लिम भएको भन्दै मुस्लिमबाट सबै साधुसन्तहरुलाई टिका लगाइदिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

अन्तरवार्ताको क्रममा उनले मुख्यमन्त्री राउतलाई जानकीको पालनामा बसाएर मन्दिर एवम जानकीको अपमान गरेको बताएका छन् ।
उनले भने, –“मुख्यमन्त्री मुस्लिम भएपनि यहाँका साधुसन्तहरुलाई पैसाको लोभमा मुस्लिमबाट टिका लगाइदिए । प्रदेश सरकारबाट अधिवक्ता दिपेन्द्र झाले यसैवर्ष डेढ करोड भन्दा बढी रकम दिएको बताए, तर यसको बारेमा मलाई केही थाहा दिएन , पैसा गयो कहाँ ? सबै हिनामिना भएको छ । ”

महन्थ दासले विवाहपँचमीको लागि भारतको मुम्बई बस्दै आएका व्यावसायी पवन चौधरी नै सम्पूर्ण खर्च बेहोर्ने गरेको खुलाएका छन् । अहिले पनि मन्दिरको गोदाममा बाँकी बसेको थुप्रै सर समानहरु रहेको पनि बताएका छन् ।

यसका साथै, महन्थ दासले आफूलाई छोटे महन्थ भनेर अघोषित महन्थ बनेका राम रोशन दासलाई आफ्नो समान लिएर हर हिसाब गरी मन्दिरबाट रमाना हुनको लागि समेत भनेको बताएका छन् ।

उनले विभिन्न ठाउँबाट आउने आम्दानीको कुनै लेखाजोखा नभएको बताउँदै आफूखुसी विभिन्न समिति बनाएर जानकी मन्दिरको नाममा सबै रकम असुली गरेको आरोप लगाएका छन् । आम्दानीको बही खाता वा हरहिसाब नभइ मात्र खर्चको हिसाब राखिएको बताएका छन् ।

एक अर्को प्रसँगमा बोल्दै महन्थ दासले जानकी मन्दिरको ढोका बन्द गरी तथा मन्दिरको भोगपूजा बन्द गरी ३/४ जना केटी नचाएको पनि आरोप लगाइएको छ ।

राम रोशन दास वैष्णवले मन्दिर परिसरभित्रै केटी नचाएको आरोप लगाएका छन् । यद्यपी, सो क्रममा ३/४ जना पत्रकारहरु समेत रहेको खुलाएको छ । उनले पत्रकारहरुको नाम भने खुलाएका छैनन् ।

महन्थ दासले सधैं मात्र त्यही पत्रकारहरुलाई मन्दिर बोलाउने गरेको पनि खुलाएका छन् । यद्यपी, जानकी नवमीको दिन राम रोशन दासले गरेको भिडियो फेसबुक लाइभ पनि गरिएको थियो । सो क्रममा केही जनाले भजन किर्तनको क्रममा नृत्य गर्दै गरेको देखिएको थियो ।

विवाहपँचमी र जानकी नवमीको सम्पूर्ण खर्च व्यावसायी पवन चौधरीले दिँदै आएको पत्रकारहरुसँगको कुराकानीमा समेत चौधरीले भनेका छन् । फोन मार्फत उनले पत्रकारहरुलाई आफू सबै खर्च दिने गरेको बताएका छन् ।

कुराकानीको क्रममा ७० देखि ८० लाख रुपैयाँ भारुसम्म अर्थात करिब १ करोड ३० लाखसम्म खर्च हुने गरेको र सबै खर्च चौधरीले एक्लै दिँदै आएको बताएका छन् ।

यता, आफूलाई अघोषित छोटे महन्थ भनिएको राम रोशन दाससँग गुठी सँस्थानले मन्दिरको उत्तराधिकारीको रुपमा दिएको परिचय पत्र समेत रहेको छ । परिचय पत्रमा सँस्थानको छाप र सही सहित राम रोशन दास उत्तराधिकारीको पदमा रहेको लेखिएको छ । न्यूजब्यूरो

 

 



प्रतिक्रिया दिनुहोस्