Logo

करणी उद्योग गरेको अभियोगमा पक्राउ



काठमाडौं, २४ वैशाख । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रन बहादुर नेम्बाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापाकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हल्दीवारी गाउँपालिकाका नेम्बाङ पक्राउ परेका हुन् । ती बालिका नेम्बाङको घरमा खेल्न गएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै पाल्पाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बगनासकालीका भविन कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिका आफ्नै घर जान भनी हिँडिरहेको अवस्थामा पैसा दिन्छु भन्दै ललाई फकाई गरी स्थानीय जंगलमा जबरजस्ती करणी गर्ने प्रयास गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्