काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायतका शीर्ष नेताहरुले उद्योगी तथा व्यवसायीहरुसँग छलफल गरेका छन् । सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले कोरोनाले अर्थतन्त्रलगायत क्षेत्रमा असर पुर्याएको र कोरोनाले गर्दा रेमिट्यान्सदेखि रोजगारी गुमाउनेसम्मका असर देखिएको बताएका थिए।
उता, उद्योगी, व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सिर्जना राणा सहभागी थिए । सभापति देउवाले उद्योगपति तथा व्यवसायीहरुको ब्याजदर घटाउने मागबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर आग्रह गर्ने पनि विश्वास दिलाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम