Logo

ब्राउन सुगर सहित पक्राउ



काठमाडौं, २४ वैशाख । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दाङ, घोराही उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिकाका अनिल चौधरी र राप्ती गाउँपालिकाका देबेन्द्र बिक रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो ।

त्यस्तै धनुषा, शहिदनगर नगरपालिका भैरवचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको एक्जीप्लोन २ बोतल, नाईट्राभेट १५ ट्यावलेट र स्पस्मो प्रोक्जिवन ६ ट्याब्लेट सहित सोही नगरपालिकाका रोशन कुमार यादव सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मैनाथपुरबाट भैरवचोकतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ६४९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादव सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्