Logo

अफगानिसतानमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै, संक्रमित संख्या तीन हजार नाघ्यो



२४ वैशाख । अफगानिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्यमा बृद्धि भएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानमा यस भाइरसबाट ३ हजार ३९२ जना संक्रमित भएका छन् ।

राजधानी काबुलबाट प्राप्त समाचारमा अफगानिस्तानमा गएको २४ घन्टामा मात्र १६८ जना विरामी भेटिएका छन् । सो कुराको जानकारी अफगानिस्तानका स्वास्थ्यमन्त्री वाहिद माजरोहले दिएका हुन् ।

अफगानिस्तानको एक टेलिभिजन टोलोले जनाएअनुसार यहाँ २४ घन्टाभित्र देखिएका यी सबैभन्दा धेरै संख्याका संक्रमित हुन् ।

यहाँ यस संक्रमणबाट १०४ जनाको ज्यान गएको छ । उक्त टिभीले जनाएअनुसार गएको २४ घन्टामा यहाँका ९ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै ३१ जना निको भएर फर्किएका छन् ।

यस संक्रमणबाट अफगानिस्तानका ४५८ जना नागरिक निको भएर घर फर्किएका छन् । त्यस्तै मन्त्री वाहिदले यहाँका १३ नागरिकमा यो भाइरसको परीक्षण भएको पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्