वैशाख २४, काठमाण्डौ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १९ हजार ७ सय ३४ व्यक्ति छन् । आइसोलेसनमा १ सय ३६ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ७ जना मात्रै छन् ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ वटा कलको सम्बोधन भएको छ ।
हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३३ हजार २ सय १२ रहेको छ । तिमध्ये ३ सय ३३ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ६९ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।