Logo

प्रधानमन्त्रीद्वारा दीप प्रज्वलन गर्न आग्रह



काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्