Logo

यादव अपहरण काण्डः दर्ता गरेको जाहेरी प्रहरी कार्यालयमा पठाइएन



काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभाका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको जाहेरी काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म प्रहरी कार्यालयमा पठाएको छैन ।

सो कार्यालयका एक कर्मचारीले उक्त जाहेरी हालसम्म पनि प्रहरी कार्यालयमा नपठाइएको नेपाल समाचारपत्रलाई जानकारी दिए ।

जनता समाजवादी दलका नेताहरूले मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ५ को उपदफा ९१० को व्यवस्थाबमोजिम उजुरीसहित सो जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता गरेका थिए । त्यस्तो जाहेरी दर्ताका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्नेमा हालसम्म पनि सरकारी वकिलको कार्यालयमा नै रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्