Logo

पूर्व प्रधानमन्त्री खनालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



इलाम, २५ वैशाख : कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । क्षेत्र नं १ का सङ्घीय सांसदसमेत रहेका उनले जिल्ला समन्वय समिति (जिसस)ले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गरेका हुन् ।

ती सामग्रीमा थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् । यसभन्दा अघि क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको सामग्री हस्तान्तरण गरे । जिल्लाबाट निर्वाचित अन्य सांसदले समेत राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्