(कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले छिमेकी मुलुकमा महामारी रहुञ्जेलसम्म नेपाललाई पनि असर पर्ने खतरा औंल्याएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । आफूहरुले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र संक्रमितलाई उपचारका बारेमा समीक्षा गरेर यसबारेमा अहिलेसम्मको स्थितिलाई हेर्दा कोरोना रोकथामको सही बाटो लकडाउन हो भन्ने निष्कर्ष निकालेर नै लकडाउन थपेको पनि उनले स्पष्ट पारेका छन् ।
हिजोको मिटिङमा लकडाउन लम्ब्याउने निर्णय गर्नुभएको हो ?
त्यो विषयमा समिक्षा भयो । खासगरी हिजोको बैठकमा कोरोना भाइरसको नियन्त्रण, रोकथाम र संक्रमितलाई उपचारका बारेमा समीक्षा भयो । यसबारेमा अहिलेसम्मको स्थितिलाई हेर्दा कोरोना रोकथामको सही बाटो लकडाउन हो भन्ने पनि निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीले चाही यस विषयमा के भन्नुभयो ?
यही वस्तुस्थितिका बारे सबैका राय सुनेर उहाँले नेपाली नागरिकको जीवन रक्षाका लागि चालिएको कदमबाट यहाँ आइपुगेका छौं । यो कदमले सम्भावित दूर्घटनालाई जोगाएको अवस्था छ । यसलाई मनन् गर्दै अगाडि जानुपर्छ भन्ने समग्रको निष्कर्ष आएको छ ।
भारतको स्थिति हेरेर नेपालमा पनि लकडाउन लम्ब्याउन खोजिएको हो ?
छिमेकी मुलुकहरुमा महामारी फैलिएको छ । हामीले पनि त्यसलाई मनन् गर्नैपर्छ । रोगले कुनै जातजाति, धर्म, संस्कार, संस्कृति, वर्गविशेष, बलिष्ठ वा कमजोर केही भन्दैन । रोगले कुनै पद, प्रतिष्ठा वा पहिचान भन्दै । यो महामारी हो त्यसकारण छिमेकी मुलुकमा रहुन्जेल हामीलाई पनि असर पर्छ । उता नियन्त्रण हुँदा हामीलाई पनि सुखद् स्थिति आउँछ यसलाई पनि मनन् गर्ने कुरा भएको छ ।
तपाईंहरु लकडाउन लम्ब्याउनुभएको छ फेरि कुखुलो पार्नुपर्छ भन्ने पनि छन् त्यतातिर ध्यान गएको छैन ?
यसलाई यसरी भनिएको हो । खासगरी नागरिकका अत्यावश्यकीय क्षेत्र जस्तै औषधि उत्पादनकम्पनीहरु, कृषि क्षेत्रहरु, उपभोगिय वस्तुहरु र निर्माण सामाग्रीहरु जस्ता कतिपय उद्योग व्यवसायहरुलाई न्यूनतम सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गरी सुरक्षित राख्ने भन्ने उच्चस्तरीय समितिले कार्यान्वयनमा ल्याउने भन्ने अवस्था छ । यी संस्थाहरुलाई अपनाइएका मापदण्डका आधारमा सञ्चालनमा ल्याउने भन्ने निर्णय भएको छ । लकडाउन र अतिआवश्यकीय क्षत्र सञ्चालनसँगसँगै जाने विषय छ ।
आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ ?
आजकै बैठकमा हुन सक्छ वा अरु दिन बस्ने बैठकले यो विषय पूर्ण हुने छ । नागरिक जीवन रक्षाका लागि यो बैठकले उपयुक्त निर्णय लिने छ । त्यसमा जीवन रक्षा, सञ्चालन बन्दाबन्दीलाई सँगै लिएर अगाडि बढ्ने निर्णय हुन्छ ।
यो निर्णय कृषि क्षेत्र लक्षित हुन्छ ?
हो, कृषि क्षेत्र जुन दुरीका हिसावले पनि व्यवस्थित गर्न सजिलो होस् । फेरि संक्रमण देखिएका ठाउँलाई अझ बढी कडा गरेर सिल गर्नुपर्छ । सक्रमण नदेखिएका ठाउँमा गतिविधिलाई सहज बठाउने निर्णय पनि हुन सक्छ । यो ढंगले नेपाल सरकारले सोच्न सक्छ अहिले छलफलको क्रममै छ ।
बैठकहरु बसिरहनुभएको केही निर्णय भयोहोला नि कृषकहरुका बारेमा ?
तपाईंको रेडियामार्पmत सम्पूर्ण स्रोतहरुलाई म भन्छु, ‘बन्दबन्दी र जीवन सञ्चालन व्यवस्थिति र मर्यादित बनाउँदै जानको लागि’ । यसरी सुरक्षित ठाउँमा सहज बनाइन्छ भने संक्रमित ठाउँ छ भने त्यहाँ अझ कडा गरेर पनि अगाडि बढ्न सकिन्छ । अहिलेसम्मको छलफलमा यिनै कुराहरु आएका छन्, ‘मैले यही कुराहरु राँखें यहाँभन्दा बढी नबोलौं ।’
अर्थविज्ञहरुले अब खुकुलो नगरे आर्थिक संकट हुन्छ भनिरहँदा तपाईंहरुको ध्यान त्यता गएको छैन ?
मैले यहाँमार्पmत बताउन प्रयत्न गरेँ । यसलाई म यसरी पुष्टि गर्छु । त्यसमा कृषिकार्यहरु जहाँ खेतीपातीको समय आएको छ । बाली भित्र्याउने, बाली लगाउने, प्रसोधन गर्ने समय भएको छ । त्यसलाई बजारीकरण गर्नुपर्ने त्यतिकै आवश्यक छ । त्यसैगरी विकास निर्माणका आयोजनाहरु जुन बीचमा पुगेर रोकिएका छन् । इँटा उद्योगहरु जहाँ मजदूरहरु कम्पाइन भएर बस्नुहुन्छ । त्यस्तै सञ्चारसँग सम्बन्धित उद्योगहरु, औषधि र औषधिजन्य पदार्थ उत्पादन उद्योगहरुलाई त पहिला नै मन्त्रिपरिषद्को निर्णयले नै केही उपाय, सावधानी र मापदण्डहरु अलम्बन गरेर सञ्चालन गर्ने निर्णय भएरै आएको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर निर्णय हुन आउँछ । त्यसले जीवनलाई अलि सहज बनाउँदै आउँछ । जीवन रक्षा भएपछि मात्रै धन हुन्छ । त्यसकारण राज्यले सर्वप्रथम मानिसका जीवन रक्षाका सन्दर्भमा उपयुक्त उपाय अपनाएर अगाडि कुरा छ ।
बिना परीक्षण आउनेको संख्या बढी रहेको तपाईंहरु उपत्यकालाई किन सिल गर्नुहुन्न ?
ऋषिजी हामी यो विषयमा अझ बढी कडीकडाउका साथ अगाडि बढ्ने छौं । त्यसको बारेमा हामीले सम्बन्धित निकायहरुलाई भनिसकेका छौं । परीक्षणलाई पनि अझ प्रभावकारी ढंगले अगाडि बढाउँदैछांै । सम्पूर्ण स्रोत महानुभावहरु आश्वस्त हुनुहोस् । हामी यो उपत्यकाभित्र कोरोनालाई निमिट्यान्न पार्छौं । सबैले सरकारले गरेको लकडाउनलाई सफल पारौं ।