काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भोलिदेखि सुरु हुने वजेट अधिवेशनको लागि संसदको वैठक कक्षको अवलोकन गरेका छन्। कोरोना भाईरस जोखिमलाई ध्यान दिँदै सांसदहरुलाई सामाजिक दूरी कायम गरी वैठक सञ्चालन गर्न कसरी मिलाउने भन्ने चासो भैरहेको बेलामा अध्यक्ष तिमिल्सनाले आज बैठक कक्षको अवलोकन गरेका हुन् । आजमात्रै सांसदहरुको कोरोना भाइरस परीक्षणको लागि स्वाब लिईएको छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम