Logo

लकडाउनमा धमाधम सडक निर्माण (फोटोफिचर)



रिपोर्टर्स नेपाल, २५ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरिरहँदा सडक निर्माण र पुननिर्माण भने चलि नै रहेको छ । देशका मुख्य र सहायक सडकहरुको पुनः निर्माणको काम चलिरहेको छ ।

सडक निर्माणमा मजदुरहरु काममा खटिएका छन् । निर्माणको मेशिनरी सामान संचालनमा छ । निर्माण सामाग्रीको व्यवस्थापन निर्माणकर्ताहरुले गरिरहेका छन् ।

रिपोर्टर्स नेपालले काठमाडौंबाट कुलेखानी, भीमफेदी, हेटौंडा, सर्लाही, महोत्तरी हुँदै वीपी राजमार्गबाट काठमाडौं सम्मको मुख्य सडकको स्थलगत रिपोर्टिङ गरेको छ । रिपोर्टिङका क्रममा पुर्ननिर्माणका कामले गति पाएको देखिएको छ । फर्पिङबाट भीमफेदी सडक विस्तार कार्यले गति लिएको छ । लकडाउनमा यातायात कम चल्ने भएकाले निर्माणले निकै गति लिएको छ ।

फर्पिङबाट भीमफेदी सडक विस्तार कार्य

फर्पिङबाट भीमफेदी सडक विस्तार कार्य

पूर्व पश्चिम राजमार्ग अन्र्तगत सडक पुननिर्माण

पूर्व पश्चिम राजमार्ग अन्र्तगत सडक पुननिर्माण

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्